काठमाडौं । एशियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पुनः वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा बिहीबार काठमाडौंमा सम्पन्न एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एरिकाले वर्ष महिला खेलाडीको उपाधि जितेकी हुन् । उनले लगातार तेस्रोपटक पल्सर स्पोर्ट्स अवार्ड जितेकी छन् । उक्त विधामा करातेकै सानुमाया थिङ र सविना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी (साम्बा) प्रतिस्पर्धामा थिए ।
एरिकाले गत वर्ष मोरक्कोको रवातमा सम्पन्न कराते वान प्रिमियर लिगको ६८ केजीमाथि तौल समूहमा कांस्य पदक जित्न सफल भएकी थिइन् । त्यसैगरी उनले टर्कीको इस्तानबुलमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिगमा रजत, चीनमा सम्पन्न डब्लूकेएफ कराते वान प्रिमियर लिगमा रजत, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लूकेएफ कराते वान सिरिजमा स्वर्ण, थाइल्यान्ड ओपनमा एकल र टिम फाइटमा स्वर्ण जितेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्