Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


सौर्य विद्युत उत्पादक संघद्वारा रसुवा बाढी-पीडितलाई ‘उज्यालो कोशेली’


2k
Shares

काठमाडौं । सौर्य ऊर्जा व्यवसायीहरूको साझा संस्था नेपाल सौर्य विद्युत उत्पादक संघले रसुवा बाढी पीडितको सहयोगका लागि ‘उज्यालो कोशेली’ पठाएकाे छ।

संघले बाढी पीडितहरूको लागि उज्यालो कोशेलीको रूपमा साेलार सिस्टम पठाएको हो। विपद् प्राधिकरणले अति आवश्यक भनेको साेलार सिस्टमहरू बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटका बाढी पीडितहरूका लागि पठाइएको संघका अध्यक्ष भरत मल्लले बताउनुभएकाे छ। उहाँले उक्त सामाग्री नेपाल सरकार ऊर्जा जलश्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत मंगलबार प्रभावित क्षेत्रमा पठाएको बताउनुभयाे।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष दीपक गौतमले बाढी पीडितको सहयोगार्थ अत्यावश्यक सौर्य बत्तीहरू २० वाटको पोर्टेवल लाइट १ सय ५ सेट र संस्थागत सौर्य प्रणाली २ किलो वाटको १ सेट मंगलबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई हस्तान्तरण गरिएको बताउनुभयाे। साथै संघका महासचिव नेत्र खत्रीले उज्यालो लागि साेलार सामाग्रीहरू जुटाउन सहयोग र समन्वय गर्ने सदस्य कम्पनीहरूलाई धन्यवाद समेत दिनुभएकाे छ।

Skip This