Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


रसुवा बाढी : ३२० भारतीय अझै सम्पर्कविहीन


0
Shares

काठमाडाैं ।

भारतको विदेश मन्त्रालयका अनुसार नेपालमा आएको बाढीपछि कम्तीमा ३२० भारतीय नागरिक अझै सम्पर्कविहीन छन्। साथै १०० भन्दा बढी भारतीय मूलका अन्य देशका नागरिक पनि सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ।

नेपाल–तिब्बत सीमा क्षेत्रमा करिब ४०० भारतीय नागरिक चीनतर्फ फसेका भए पनि उनीहरू सुरक्षित रहेको र परिवारसँग सम्पर्कमा रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। चीनतर्फ फसेका १५३ भारतीय नागरिक सुरक्षित रूपमा नेपाल प्रवेश गरिसकेका छन्।

भारतले नेपाललाई उद्धार तथा राहत कार्यमा आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ। भारतबाट राहत सामग्री, चिकित्सकीय टोली तथा उद्धारसम्बन्धी प्राविधिक सहयोगसमेत परिचालन गरिएको छ।