Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


दोलखा र सिन्धुपाल्चोकसहित देशका ३३ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)


221
Shares

काठमाडौं । अविरल वर्षासँगै दोलखा र सिन्धुपाल्चोकसहित देशका ३३ जिल्लामा साेमबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ ।

बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। साेमबार संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ।

साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे । नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कर्णाली, भेरी र महाकाली लगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने महाशाखाको पूर्वानुमान छ ।