Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा सुख्खा पहिरो, दुईतर्फी सडक अबरूद्ध


299
Shares

काठमाडौं । मुग्लिन-नागढुंगा सडकखण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी रुपमा सडक अवरुद्व भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जनाएको हाे। प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको हाे। इलाका प्रहरी कार्यालय गजुरीबाट गएको प्रहरीको टोलीले पहिरो हटाएर यातायात सञ्चालनको प्रयास गरिरहेको छ।