Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने आयल निगमकाे निर्णय

निगमलाई पाक्षिक ८१ करोड ३५ लाख रूपैयाँ घाटा

650
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ।

निगम सञ्चालक समितिको आइतबारको निर्णय अनुसार सोमबार देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको जनाएको हाे । पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने बताएको छ । निगमले गत साउन १८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो ।

निगमका अनुसार, पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रुपैयाँ र तेस्रो वर्गका लागि २ सय रुपैयाँ कायम छ । त्यस्तै, डिजेलर-मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रुपैयाँ र तेस्रो वर्गका लागि २ सय रुपैयाँ तोकिएको हाे ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जलाई पहिलो, सुर्खेत, दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको जनाएकाे छ।