काठमाडाैं । भारतका प्रधानसेनापति जनरल धीरज सेठ ४ दिने भ्रमणको सिलसिलामा आइतबार नेपालमा आउनुहुने भएकाे छ।
उहाँ आइतबार अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेकाे हाे। प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेपछि नेपाल भ्रमणमा आउने उहाँ भारतका अहिलेसम्मकै वरिष्ठ अधिकारी हुनुहुन्छ । जनरल सेठले प्रधानसेनापति बनेपछि आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट शुरु गर्न लाग्नुभएको हो । नेपाल बसाइँकाक्रममा उहाँले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गर्नुहुने भएकाे छ ।
प्रधानसेनापति सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जली अर्पण गर्ने तथा द्विपक्षीय सैन्य सहयोगकाे बारेमा छलफल गर्ने कार्यक्रम रहेकाे हाे । राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार शीतल निवासमा आयोजना हुने विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएकाे छ।
नेपाल र भारतका प्रधानसेनापतिलाई एक-अर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि चल्दै आएको हाे।









प्रतिक्रिया दिनुहोस्