काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत अवरुद्ध मुग्लिन-नारायणघाट-काठमाडौं सडक दुई तर्फी रपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवाँ ६ बजेपछि सडक सञ्चालनमा आएको जनाएकाे हो । शनिबार रातिदेखि चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारा पृथ्वीराजमार्गमा सडक माथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएसँगै नारायणघाट-काठमाडौं जाने र आउने सवारीसाधनहरूको आवागमन पूर्ण रूपमा सुचारु भएको प्रहरीले जनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस्