Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


आयल निगमले भाेलि काठमाडौंकाे चाबहिल र टेकुसहित ५ स्थानबाट ग्यास वितरण गर्दै

उपभोक्तालाई नागरिकता अनिवार्य साथमा लिएर जान अनुराेध

0
Shares

काठमाडौं । नेपाल आयल निगमले शनिबार काठमाडौंकाे चाबहिल र टेकुसहित ५ स्थानबाट ग्यास वितरण गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको हाे । निगमले अत्यावश्यक परेका उपभोक्ताहरूले शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सक्ने बताएको छ । ग्यास खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ।

निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास उपलब्ध हुनेछ । यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी हुनेछ । राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुने भएकाे हाे ।

राधास्वामी, बसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्टरसुगम, भानु र ओम ग्यास उपलब्ध हुनेछ । पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, हिमाल, क्त्ऋ, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुने भउकाे हाे । निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ ।

निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र केवल आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न विशेष अनुरोध गरेको छ ।