Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


सांसदहरूलाई न्यायाधीश नबन्न गृहमन्त्री गुरूङकाे चेतावनी

'आरोप पुष्टि नभएसम्म करार गर्न मिल्दैन'

3.3k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदहरुलाई न्यायाधीश नबन्न चेतावनी दिनुभएकाे छ।

गृहमन्त्री गुरुङले शुक्रबार कानून समितिको बैठकमा बोल्दै यस्तो चेतावनी दिनुभएकाे हाे। उहाँले उजुरीको भरमा हामी न्यायाधीश बन्न नमिल्ने समेत बताउनुभएकाे छ। अरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न नपाइँने समेत बताउनुभयाे । उहाँले भन्नुभयाे, -‘यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ । आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ । आरोप लगाउन जो सुकैले लगाउन सके ।’

तर आरोप पुष्टि नभएसम्म करार गर्न नमिख्ने बताउदै गृहमन्त्री गुरुङले यो गम्भीर विषय भएकाले आफूलाई कहाँ गएर भनौं जस्तो लागेको समेत बताउनुभयाे।