Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


रास्वपाको शिखरबाट ओरालो यात्रा शुरू भएकाे एमालेका नेता भट्टराईको टिप्पणी


390
Shares

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पुराना राजनीतिक दलहरूको अकर्मण्यता र प्रमुख नेताहरूको अयोग्यताको पृष्ठभूमिमा भएको टिप्पणी गर्नुभएकाे छ।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्ताे टिप्पणी गर्नुभएकाे हाे। नेता भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायत पुराना दलको कमजोरीलाई रास्वपाले आफ्नो राजनीतिक उदयको प्रमुख आधार बनाएको बताउनुभएकाे छ।

उहाँले रास्वपाले तत्कालीन अवस्थामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह जस्ता व्यक्तिलाई नेतृत्वको रूपमा अघि सार्दा उल्लेख्य राजनीतिक सफलता हासिल गरेकाे समेत बताउनुभयाे । तर पनि पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्गीय तथा सामाजिक आधार स्पष्ट गर्न नसकेको आरोप लगाउनुभएकाे छ। यहि कारण रास्वपाको ‘शिखरबाट ओरालो यात्रा’ शुरु भएको उहाँको टिप्पणी छ।