Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सुर्खेतमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा श्रीमान प्रहरीकाे हिरासतमा


351
Shares

काठमाडाैं । प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका-१३, रामघाटमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार साँझ करिब ५ बजे ४९ वर्षीय जयबहादुर रानाले आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो लगाएको जनाएको हाे। उनकी १८ वर्षीय छोरी पुष्पा रानाले तत्काल आगो निभाएकी प्रहरीले बताएकाे छ।

घटनामा महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भाग जलेको छ । उनको शरीरको करिब ३५-३६ प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको चिकित्सकले जानकारी दिएको प्रहरीले बताएकाे हाे ।

घटनालगत्तै जयबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको र घाइते महेश्वरीको उपचार भइरहेको छ। घटनाको कारण तथा अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे हाे। घाइते महेश्वरीलाई मंगलबार साँझ उपचारका लागि प्रदेश अस्पताल सुर्खेत, कालागाउँमा लगिएकाे थियाे।

प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि मंगलबार साँझ नै उनलाई नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिएको प्रहरीले बताएकाे छ।

Skip This