काठमाडाैं । दुर्लभ खग्रास सूर्यग्रहण बुधबार लाग्ने भएकाे छ।
ग्रहणको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, स्पेन र पोर्चुगलका केही भू-भागबाट देखिनेभएकाे हाे। नेपालसहित दक्षिण एशिया र एशियाका अधिकांश क्षेत्रबाट भने यो ग्रहण देखिने छैन । चन्द्रमाको पूर्ण छाया उत्तरी गोलार्धका उच्च अक्षांश हुँदै जाने भएकाले नेपाल त्यसको मार्गमा नपरेको हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिने यो पहिलो खगास सूर्यग्रहण भएकाे जनाएकाे छ ।
पूर्ण ग्रहणको मार्गमा करिब डेढ करोड मानिस पर्ने अनुमान गरिएको हाे । उत्तरी गोलार्धका विभिन्न स्थानबाट करिब ९८ करोड मानिसले आंशिक ग्रहण देख्न सक्ने भएका छन् । अधिकांश स्थानमा पूर्ण ग्रहण २ मिनेट भन्दा कम समय रहने जनाइउकाे हाे ।









प्रतिक्रिया दिनुहोस्