काठमाडौं । मुलुकका विभिन्न स्थानमा पाँच जना मृत फेला परेको प्रहरीले बताएकाे छ।
भोजपुरको भोजपुर नगरपालिका-११ आम्तेक वडा कार्यालय नजिकै रहेको नाङ्लेभिर नजिक सोही ठाउँ बस्ने ७७ वर्षीय विरबहादुर भुजेल मंगलबार मृत अवस्थामा फेला परेका हुन् । पाँचथरको हिलिहाङ गाउँपालिका-५ बालिटार बस्ने ५५ वर्षीय टिकाराम बयलकोटी सोही ठाउँस्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएकाे छ।
सप्तरीको शम्भुनाथ नगरपालिका-८ बस्ने ४५ वर्षीय जेज्ञानन्द चौधरी सोही नगरपालिका-८ पोखरीयास्थित बाटो छेउमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् । ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल एबीसी टोलमा ललितपुर महानगरपालिका-४ ओचुहाइट बस्ने झापा कमल गाउँपालिका-५ घर भएका ५३ वर्षीय मदन राई मंगलबारै मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, चितवनको खैरहनी नगरपालिका-१ कयर खोला किनारामा रत्ननगर नगरपालिका-१४ लालीगुँरास टोल बस्ने ६८ वर्षीय होम बहादुर परियार मंगलबार नै मृत अवस्थामा फेला परेका हुन् । साेही घटनाकाे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्