काठमाडौं । कपिलवस्तुमा साेमबार साँझ मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी दुई जना घाइते भएका हुन् । कपिलवस्तु नगरपालिका–७, धरमपनियामा मिनिट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। सडकछेउमा बिग्रिएर बनाइँदै गरेको ना ६ख ६४२३ नम्बरको मिनिट्रकको पछाडि लु ८२ प ८६२८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तुकै शुद्धोधन गाउँपालिका–३, कटैयाभारीका २३ वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार कपिलवस्तु–७, पिपरहवाका ३२ वर्षीय शेषराम पासी र सोही स्थानका २५ वर्षीय दुर्गेश यादव घाइते हुन् । प्रहरीले रुपन्देहीको बुटवलस्थित चौराहा अस्पतालमा उनीहरूको उपचार भइरहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्