Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


साउनकाे अन्तिम साेमबार हलेसी महादेव मन्दिरमा २० हजार बढी दर्शनार्थी गरे दर्शन


130
Shares

सविना अछामे-संवाददाता

खोटाङ। खोटाङमा रहेकाे विश्व प्रशिद्ध हलेसी महादेव मन्दिरमा बोलबमको अवसरमा साउनको अन्तिम सोमबार २० हजार बढी दर्शनार्थीहरु आएका छन् ।

नेपाल र भारत लगायत गरी २० हजार बढी दर्शनार्थीहरुले हलेसी मन्दिरको दर्शन गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले आइतबार रातिदेखि नै हलेसीमा हजारौं दर्शनार्थीको लाइन लागेको बताउनुभयाे। साउनको अन्तिम सोमबार इतिहासमै पहिलो चोटी यति ठूलो भीड लागेको हो ।

हलेसीमा भारतको विहार, नेपालको मधेश , कोशी प्रदेश लगायत विभिन्न जिल्लाका हजारौं दर्शनार्थीहरुले दर्शन गरेका थिए । साउनको पहिलो साेमबार ३ हजार, दोश्रो साेमबार ५ हजार, तेश्रो साेमबार १० हजार दर्शनार्थीआएका थिए ।

चौथो तथा अन्तिम साेमबार भने १५ हजार दर्शनार्थी आउने आँकलन गरिएता पनि २० भन्दा बढीले दर्शन गरेको प्रवक्ता गिरीले बताउनुभएकाे छ।