Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


साहित्यकार डा. राजेन्द्र विमलको निधन


169
Shares

काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा निधन भएको छ।

मंगलबार बिहान जनकपुरमा उहाँको निधन भएको हो । उहाँ मुटु रोगबाट पीडित रहेको डा. राजेन्द्र विमल प्रतिष्ठानले जनाएकाे छ। विमलका एक छोरी दुई जना छोरा रहेका छन् । प्राध्यापन तथा साहित्यमा लामो समयदेखि क्रियाशील सर्जक विमल एक उत्प्रेरक व्यक्ति हुनुहुन्थ्याे । नेपाली साहित्यमा समर्पित अनुज पुस्ताका सर्जकहरूलाई विमलले सधैँ उत्प्रेरित गर्दै आउनुभएकाे थियाे ।

भानु प्रतिष्ठान, काठमाडौंले एक विज्ञप्ति जारी गर्दै नेपाली तथा मैथिली साहित्यका विशिष्ट साधक, प्रखर चिन्तक एवं बहुभाषिक स्रष्टा डा. विमलको दुःखद अवसानको खबरले प्रतिष्ठान परिवार स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ ।