Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


कपिलवस्तुमा विषालु सर्पले डस्दा एक बालकको निधन


273
Shares

काठमाडाैं। कपिलवस्तुमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ ।

कृष्णनगर नगरपालिका-१२ वेदमहुवामा बिहीबार राति सर्पले डस्दा राजकुमार कोरीका १० वर्षीय छोरा नरिहस कोरीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरले सर्पले डसेपछि बालकलाई उपचारका लागि सुरुमा शिवराज अस्पताल लगिएको जनाएको छ । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो ।

प्रहरीले उपचार केन्द्रमा चिकित्सकले बालकलाई मृत घोषणा गरेकाे जनाएको छ ।