Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन


286
Shares

काठमाडाैं । सुनसरीको कप्तानगञ्जमा भएको झडप र सुरक्षाकर्मीको गोली लागि एक युवकको मृत्यु भएको घटनालाई लिएर जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।

सोमवार जनकपुरधामको रामानन्द चोकमा भेला भएका हिन्दुवादी समूहहरूले उक्त घटनाको विरोधमा प्रदर्शन गरेका हुन् ।

सुनसरीको कप्तानगञ्जमा आईतवार राति दुई समूहबीच उत्पन्न झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

सोही घटनामा परी अन्य नौ जना घाइते भएका छन् । प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले घटनाको विरोध गर्दै जनकपुरधाममा पनि प्रदर्शन गरेका हुन् ।