Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


बंगलादेशमा नयाँ राष्ट्रपतिको चयन आगामी सेप्टेम्बरमा हुने


13
Shares

एजेन्सी । बङ्गलादेशले आगामी सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति चयन गर्ने भएको छ।

संविधान अनुसार राष्ट्रपतिको राजीनामापछि ९० दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्छ र सेप्टेम्बरमा संसद्ले नयाँ राष्ट्रपतिको चयन गर्ने कानूनमन्त्री मो. असादुज्जामानले बताउनुभएकाे हाे । संसद् सचिवालयले सभामुख हाफिज उद्दिन अहमदले मोहम्मद शहाबुद्दिन चुप्पुको राजीनामापछि संविधान अनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गर्ने जनाएकाे छ।

राष्ट्रपतिका प्रेस सचिव मोहम्मद सरवार आलमले शहाबुद्दिनले गम्भीर बिरामी रहेको उल्लेख गर्दै सभामुखलाई राजीनामापत्र बुझाएको पुष्टि गर्नुभयाे । बङ्गलादेशको संविधानअनुसार संसद सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता हुन् । प्रधानमन्त्री तारिक रहमानको बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) संसदमा बहुमत रहेकाले त्यसको उम्मेदवार नै बङ्गलादेशको अर्को राष्ट्रपति निर्वाचित हुने व्यापक रूपमा अपेक्षा गरिएको छ ।