Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


दोलखामा पहिरोमा परी ७३ वर्षीय वृद्ध बेपत्ता, ४ जना कर्मचारीको भने उद्धार


13
Shares

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९, मूलखर्कमा मंगलबार राति गएको पहिरोमा परी करिब ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाले पहिरोमा फसेका सिप्रिङ खोला जलविद्युत केन्द्र जलविद्युत आयोजनाका चार जना कर्मचारीको भने सकुशल उद्धार गरिएको जनाएकाे हाे । स्थानीयले अविरल वर्षासँगै मूलखर्कमा खसेको पहिरोले स्थानीय तामाङलाई बगाएको बताएका छन्। पहिरो आएकाे खबर पाएलगत्तै खटिएको सुरक्षाकर्मी र स्थानीयको टोलीले बेपत्ताको खोजतलास जारी राखेको हाे।

त्यसैगरी, पहिरोका कारण जोखिममा परेका नजिकैको जलविद्युत आयोजनामा कार्यरत चार जना कर्मचारीलाई भने उद्धार टोलीले सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएकाे हाे।