Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


कंगोमा इबोला महामारी: मृत्यु हुनेकाे संख्या ५ सय नाघ्याे


26
Shares

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेकाे संख्या ५ सय जना भन्दा बढी पुगेकाे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायले सोमबार राति जारी गरेको अद्यावधिक तथ्यांक अनुसार गत मे महिनाको मध्यतिर महामारी घोषणा भएयता कंगोमा एक हजार ५ सय ६१ जना संक्रमित भएका हुन् । जसमध्ये ५ सय ६ जनाको मृत्यु भएको छ । छिमेकी देश युगान्डामा पनि दुई जनाको मृत्यु भएको हाे। अवस्था अपेक्षाकृत स्थिर रहेकाे र २० जना संक्रमितमध्ये १६ जना निको भएका छन् ।

कंगोको तथ्यांक अनुसार यो महामारीमा संक्रमित मध्येबाट भएको मृत्युदर ३२ प्रतिशत रहेको हाे। २ सय ५४ जना बिरामी निको भएका छन् । घातक ज्वरोका ३ सय ५४ जना शंकास्पद बिरामीहरूको अनुसन्धान भइरहेको छ । उत्तर–पूर्वी कंगोमा फैलिएको यो महामारी चार प्रान्तमा पुगेको हाे । तर मुख्य रूपमा इटुरी प्रान्तमा केन्द्रित छ ।

‘बुन्डिबुग्यो’ प्रजातिको इबोलाबाट यो महामारी फैलिएको हो । जसको लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन । बुन्डिबुग्यो इबोलाको दुई सम्भावित उपचारको परीक्षण गत बिहीबारदेखि कंगोमा शुरु भएको हाे ।

यो परीक्षणमा ‘मोनोक्लोनल एन्टिबडी एमबीपी १३४’, ‘एन्टिभाइरल’ औषधि ‘रिमडेसिभिर’को एक्लै तथा संयोजनमा सुरक्षा र प्रभावकारिता जाँच गरिँदै छ ।