Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा तीन जना बालबालिकाको मृत्यु


65
Shares

काठमाडौं । मेरिकाको विस्कन्सिन राज्यको दक्षिणी भागको जेनेभा तालमा गम्भीर मौसमको कारण डुङ्गा पल्टिएर दुर्घटना हुँदा तीन जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

जेनेभा प्रहरी विभागले चार बच्चाहरू सहित १० जना सवार रहेको डुङ्गा तीव्र हावा र उग्र छालहरूको कारणले डुबाएको जनाएको छ ।

छ जना वयस्क र एक बालकलाई पानीबाट उद्धार गरिएको जनाउदै प्रहरीले अन्य तीन जना बालबालिकाको उद्धार प्रयासका बावजुद मृत्यु भएको पुष्टि गरेको छ ।

वालवर्थ काउन्टी अन्डरशेरिफ टम हाउसनरले दक्षिणी वालवर्थ काउन्टीमा दिउँसो शक्तिशाली आँधी आउदा ठुलो क्षति भएको बताइएको छ ।

लेक जेनेभा शहरका मेयर टोड क्राउसले दुर्घटना पछि आपतकालिन अवस्था घोषणा गर्नु भएको छ । वालवर्थ काउन्टीले नजिकैका काउन्टीहरूमा कानून प्रवर्तन र विस्कन्सिन प्राकृतिक संसाधन विभागबाट सहयोग मागेको हाउसनरले बताउनु भएको छ ।

यसै गरी मिडवेस्टमा आएको आँधीका कारण, धेरै अमेरिकी शहरहरूमा छुट्टी हुनुका साथै कार्यक्रमहरु रद्द गरेको मिडियाले रिपोर्ट गरेका छन् ।