Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी

सुन प्रतितोला २ लाख ९० हजार ७ सय र चाँदी ४ हजार ६ सय १५ रूपैयाँमा काराेबार हुँदै

0
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला सात हजार दुई सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार तोलामा चार हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी शुक्रबार ताेलामा चार हजार ६ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार एक सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।