काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबार तोलामा आठ सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला चार हजार सात सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।शुक्रबार सुन प्रतितोला दुई लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
च्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी शुक्रबार प्रतितोला चार हजार एक सय ८० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी आइतबार तोलामा चार हजार तीन सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य गत शुक्रबारको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्