Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


फिफा विश्वकप २०२६ : इराकमाथि सेनेगलको सानदार जित


273
Shares

काठमाडाैं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ।

यो जितसँगै समूह ‘आई’ मा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना बलियो बनाएको छ।

टोरन्टो रंगशालामा सम्पन्न उक्त खेलको चौथो मिनेटमै हबिब डियराले गोल प्रहार गर्दै सेनेगललाई अग्रता दिलाएका थिए। त‍यसपछि ५६ औं मिनेटमा इस्माइला सारले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्‍याएका थिए।

त्यसपछि खेलको ५९ औं र ७१ औं मिनेटमा पापे गुइएले दुई वटा गोल गरे। त्यसपछि ८२ औं मिनेटमा इलिमान एनडिएले टिमका लागि पाँचौं गोल गरेका थिए।

सेनेगल विश्वकपमा एकै खेलमा ५ गोल प्रहार गर्ने पहिलो अफ्रिकी टिमसमेत बनेको छ। यस्तै, खेलको १३औं मिनेटमा इराकका रेबिन सुलाकाले रेड कार्ड पाएका थिए।