Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


लागूऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारकाे तयारी

लागूऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह

0
Shares

काठमाडाैं । सरकारले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ ।

लागूऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर गृह मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहसचिव राजकुमार श्रेष्ठले यस्ताे बताउनुभएको हो । उहाँले लागूऔषध नियन्त्रण र रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रुपमा नै जागरुक गराउन उक्त विभाग स्थापना गर्ने तयारीमा सरकार अघि बढ्नुपरेको पनि स्पष्ट पार्नुभयो ।

गृहसचिव श्रेष्ठले लागूऔषध दुर्व्यसनीको सुधार तथा उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिनुभएकाे छ । उहाँले लागूऔषध नियन्त्रण तथा रोकथामको क्षेत्रमा आवद्ध सबै संस्थाहरुलाई सरकारसँग आवद्ध हुन पनि सचेत गराउनुभयो ।

गृहसचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागूऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गर्नुभयो ।