Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


केन्द्रीय सदस्यमा स्वर्णिम सर्वाधिक मतसहित निर्वाचित


572
Shares

चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा केन्द्रीय सदस्य पदका लागि डा.स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार वाग्लेले २ हजार ६ सय ५६ मत प्राप्त गर्नुभएको हो । उहाँले प्रवास समितिबाट खसेको सम्पूर्ण मत प्राप्त गर्नुभएको जनाइएको छ ।

बुधबार रातिदेखि सुरु भएको मतदानपछि मतगणना सम्पन्न भई अहिले अन्तिम मतपरिणाम घोषणा गर्ने क्रम जारी रहेको छ । केन्द्रीय समितिका विभिन्न पदका उम्मेदवारहरूको मतपरिणाम क्रमशः सार्वजनिक भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

Skip This