Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सुनचाँदीको मूल्यमा‌ ओरालाे यात्रा कायमै

दुई दिनमा सुनको मूल्य तोलामा ८ हजार ८ सय रूपैयाँले घट्याे

13
Shares


काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घट्ने जारी रहेकाे छ।

बुधबार तोलामा तीन हजार ६ सय रूपैयाँ र बिहीबार प्रतितोला पाँच हजार दुई सय रूपैयाँ गरी दुई दिनमा सुनको मूल्य तोलामा आठ हजार आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ७८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार प्रतितोला चार हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको थियाे । तर बिहीबार भने चाँदी तोलामा चार हजार दुई सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला दुई सय ५० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस तीन हजार ९ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।