काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रूपैयाँ बराबरका १० हजार ८ सय ४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।
भन्सार विभागले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २ सय १ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएकाे जनाएकाे हाे। उक्त अवधिमा पाँच अर्ब ६५ करोड बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६ सय ८० वटा विद्युतीय वाहन आयात भएका छन् ।
सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १ सय किलोवाटका ६ हजार ३ सय ५७ वटा विद्युतीय सवारीसाधन भित्रिएकाे भन्सार विभागले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्