काठमाडौं । विश्वकै नं. एक एन्टी–ड्यान्ड्रफ मेन स्याम्पु दाबी गर्ने क्लियर मेनले फिफा वल्र्ड कप २०२६ टीएमसँगको आफ्नो विश्वव्यापी सहकार्यलाई नेपाली फुटबल प्रेमीहरूसँग जोड्दै नयाँ अभियान सार्वजनिक गरेको छ ।
नेपालमा फुटबल अब मैदानमा मात्र सीमित छैन । फुटसल, खेल स्क्रिनिङ, सडकमा देखिने फुटबल संस्कृति र सामाजिक सञ्जालमा बन्ने सामग्रीहरूले फुटबललाई युवामाझ अझ जीवित, उत्साहपूर्ण र अभिव्यक्तिमूलक बनाएको छ । आजका फुटबल प्रेमीहरू खेल हेर्ने मात्र होइन, आफ्नै तरिकाले खेलप्रतिको प्रेम व्यक्त गर्ने पुस्ताका रूपमा अगाडि आइरहेका छन् ।
यही बदलिँदो फुटबल संस्कृतिलाई आत्मसात् गर्दै क्लियर मेनले नेपालमा आफ्नो नयाँ अभियान “क्लियर हेडले खेलौ” सार्वजनिक गरेको जनाएको छ । फिफा वल्र्ड कपसँगको क्लियर मेनको आधिकारिक विश्वव्यापी सहकार्य र क्रिस्चीयानो रोनाल्डोको उपस्थितिले यस अभियानलाई अझ विशेष बनाएको जनाइएको छ । अभियानअन्तर्गत क्लियर मेनको सीमित संस्करण रोनाल्डो प्याक बजारमा ल्याइएको छ ।
उक्त प्याकमा क्रिस्चीयानो रोनाल्डोको तस्बिर र हस्ताक्षर समावेश गरिएको छ, जसले फुटबलप्रतिको जोस, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको भावना झल्काउने छ । यस अभियानको मुख्य आकर्षण “क्लियर हेडले खेलौ” एन्थम हो । नेपाली हिप–हप क्षेत्रका चर्चित कलाकार गिरीश खतिवडाद्वारा प्रस्तुत गरिएको यो ऊर्जाशील गीतले क्लियर मेनको विश्वव्यापी सोच “प्ले विद अ क्लियर हेड” लाई नेपाली युवा र फुटबल संस्कृतिसँग जोडेको कम्पनीको दाबी छ ।
युनिलिभर नेपालकी मार्केटिङ हेड सुरभि गोस्वामीले आजको फुटबल प्रदर्शन मात्र नभइ अभिव्यक्तिको पनि माध्यम बनेको र यो अभियानमार्फत आफूहरु नेपाली युवाहरूले फुटबललाई कसरी अनुभव गर्छन् भन्ने कुरासँग जोडिन चाहेको उल्लेख गर्नुभयो । कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले यो अभियानले क्लियर मेन को विश्वव्यापी पहिचानलाई नेपाली संस्कृति र उपभोक्तासँग नजिक ल्याउने आफुहरुकोे प्रयासलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्