Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


बागमती प्रदेशको साक्षरता दर ८२ दशमलव १ प्रतिशत पुग्याे

आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत रहने अनुमान

13
Shares

काठमाडाैं । बागमती प्रदेशको साक्षरता दर ८२ दशमलव १ प्रतिशत पुगेकाे छ ।

मुलुकको साक्षरता दर ७६ दशमलव २ प्रतिशत हुँदा याे भन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२ दशमलव १ प्रतिशत रहेको हो । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५ दशमलव ४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयाे।

आर्थिक वर्ष २०८२–८३ मा मुलुकको कूल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड मध्ये बागमती प्रदेशको हिस्सा ३६ दशमलव ७ प्रतिशत (अर्थात् २४ खर्ब २३ अर्ब) पुग्ने अनुमान गरिएको छ । त्यस्तै, मुलुकको प्रतिव्यक्ति आय एक हजार ५ सय ३५ अमेरिकी डलर रहँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेश भन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको हाे ।

मुलुकको निरपेक्ष गरिबी २० दशमलव २७ प्रतिशत र बहुआयामिक गरिबी १७ दशमलव ४ प्रतिशत हुँदा बागमती प्रदेशमा निरपेक्ष गरिबी १२ दशमलव ५९ प्रतिशत र बहुआयामिक गरिबी ७ दशमलव ० प्रतिशत मात्र रहेको सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लेख गरिएको छ ।