Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


राष्ट्रिय आर्थिक गणना २०८२ को प्रगति असार ८ मा सार्वजनिक गरिँदै


91
Shares

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को हालसम्मको प्रगति र आगामी कार्यदिशाबारे जानकारी दिने भएको छ । देशको समग्र आर्थिक अवस्थाको तथ्यांकीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न उक्त गणना गरिएको हो ।

‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्राप्त गर्न गत २०८३ वैशाख २ गतेदेखि स्थलगत तथ्यांक संकलन कार्य सुरु गरेको थियो ।

उक्त स्थलगत कार्य असार ७ गते सम्पन्न भएको छ । कार्यालयले सोसम्बन्धी जानकारी असार ८ गते दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत गराउन लागेको कार्यालयले जानकारी दिएको छ । तथ्यांक अधिकृत सत्रिन्द्र महर्जनका अनुसार, यस गणनाले देशको आर्थिक विकासको योजना निर्माणमा महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।