Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


विश्व योग दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै


13
Shares

काठमाडौं । विश्व योग दिवस आइतबार ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ ।

विश्व योग दिवस हरेक वर्ष जुन २१ तारिखमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि विश्व योग दिवस मनाउन थालिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९औं महासभामा विश्व योग दिवसको घोषणाको प्रस्ताव गरेका थिए । सोही प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायतले समर्थन गरेका थिए ।

संघले घोषणा गरेका दिवस मध्ये ९० दिनमा १ सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा विश्व योग दिवस विश्वभर मनाइएको थियो । नेपालमा सन् २०३६ माघ १ गतेदेखि योग दिवस मनाउन थालिएको थियो । नेपाल सरकारले २०७२ साल साउन २८ गते तत्कालीन शान्तिमन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन विश्व योग दिवस मनाइन्छ ।