Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


हिरा र बहुमूल्य पत्थरमा भ्याट हटाउन व्यवसायीको माग


130
Shares

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारसँग माग गरेको छ।

संघको २०औँ वार्षिक साधारणसभामा अध्यक्ष सुमनमान ताम्राकारले भ्याटका कारण नेपालमा हिरा तथा बहुमूल्य पत्थर भारतभन्दा महँगो भएको र त्यसले स्वदेशी व्यवसाय प्रभावित भएको बताउनुभयो। उहाँले भ्याटका कारण वैध व्यापार घट्नुका साथै तस्करी बढ्ने जोखिम पनि बढेको उल्लेख गर्नुभयो।

संघले सुन आयातमा लागू कोटा प्रणाली हटाउन, क्यूआर भुक्तानी सीमा बढाउन तथा गरगहना निर्यातलाई प्रोत्साहन गर्ने नीति ल्याउन पनि सरकारसँग माग गरेको छ।

कार्यक्रममा सांसद गणेश पराजुलीले व्यवसायीका समस्याबारे लिखित सुझाव संसद्को सम्बन्धित समितिमा पेश गर्न आग्रह गर्दै व्यवसायमैत्री नीति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।