Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नयाँ सिरिजका ५ सय रूपैयाँ दरका बैंक नोट आजदेखि चलन-चल्तीमा

दृष्टिविहीन व्यक्तिले छामेर पहिचान गर्न सक्ने

52
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ सिरिजका ५ सय रुपैयाँ दरका बैंक नोट बुधबारदेखि चलन-चल्तीमा ल्याएको छ ।

बैकले नयाँ नोटको आकार र रङ हाल प्रचलनमा रहेका ५ सय रुपैयाँका नोटसरह नै रहेको जनाएको हाे। नोटमा विभिन्न सुरक्षा विशेषतासहित नयाँ डिजाइन समावेश गरिएकाे छ। अगाडिको भागमा सगरमाथाको चित्र, लालिगुराँसको वाटरमार्क तथा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोटको दर पहिचान गर्न सक्ने विशेष चिन्ह राखिएको हाे ।

नोटको पछाडिको भागमा पाटेबाघको चित्र उल्लेख गरिएको छ । साथै, नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ । राष्ट्र बैंकले यसअघि जारी गरिएका ५ सय रुपैयाँका नोटहरू पनि यथावत् कानूनी मुद्राका रूपमा चलनचल्तीमा रहने जनाएको हाे । बैंकले मुद्रा राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण र सदुपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।