सविना अछामे, खोटाङ । खाेटाङकाे दिक्तेलमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक कुकुरको संख्या बढेर हैरानी पारेपछि त्यसलाई नियन्त्रण गर्न गर्न बन्ध्याकरण गरिएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा केन्द्रीय रेफरल पशुचिकित्सालय त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोगमा आइतबार र सोमबार उक्त बन्ध्याकरण कार्यक्रम भएको हो ।
उक्त बन्ध्याकरण कार्यक्रममा ९७ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका पशु सेवा शाखा प्रमुख गणेशप्रसाद आचार्यले बताउनुभएकाे छ ।
गत वर्ष पनि एक सय ७ वटा र त्यसभन्दा अघिल्लो वर्ष एक सय २१ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको आचार्यले जानकारी दिनुभयाे ।
यस वर्ष बन्ध्याकरणमा सबैलाई जानकारी नभएकाले धेरै सामुदायिक कुकुरको बन्ध्याकरण गर्न छुटेको दिक्तेलका छत्र बजिमयले बताउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्