लगातार दुई आर्थिक वर्षसम्म कोशी प्रदेशकै उत्कृष्ट ठहरिएको उदयपुर जिल्ला अस्पताल, अहिले आफैँ ’बिरामी’ परेको छ ।
आर्थिक संकट र आन्तरिक व्यवस्थापकीय विवादका कारण यो अस्पताल अहिले गम्भीर समस्यामा गुज्रिरहेको छ । एक रिर्पोट
अस्पताल कस्तो अवस्थामा पुगेको छ भने विरामीको उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मीहरु अहिले आफैं अस्पतालको समस्या देखाएर बसिरहेका छन् ।
स्टोर र लेखा शाखाको ढिलासुस्ती तथा समन्वयको अभावले गर्दा बिरामीको उपचारमा प्रयोग हुने आवश्यक औषधि र स्वास्थ्य सामग्री समेत उपलब्ध हुन छाडेको छ। अस्पताल व्यवस्थापन समितिले गरेका निर्णयहरू लेखा प्रशासनले कार्यान्वयन गर्न मान्दैन।
एक्स–रे शाखामा प्रिन्टर हुँदाहुँदै अनावश्यक रूपमा अर्को प्रिन्टर खरिद गरेर फजुल खर्च बढाइएको छ तर प्रयोगशालामा दिसा–पिसाब र सिबिसी जस्ता सामान्य परीक्षण समेत हुन छाडेको गुनासो गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्