Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


वाईफाई नेपालको बम्पर पुरस्कार वितरण, पोखरामा नयाँ शाखा उद्घाटन


208
Shares

काठमाडाैं । वाईफाई नेपालले आफ्नो ‘दशैंको बहार, खल्तीबाट पेमेन्ट गर्दा EV स्कुटर उपहार’ अभियानअन्तर्गत बम्पर पुरस्कार हस्तान्तरण गरेको छ। अभियानकी विजेता दमौलीकी सुनिता रानालाई Yadea G5 इलेक्ट्रिक स्कुटर प्रदान गरिएको हो।

पोखरामा आयोजित कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर पारस खड्का ले विजेतालाई स्कुटर हस्तान्तरण गरेका थिए।

सोही अवसरमा वाईफाई नेपालले पोखराको बगर क्षेत्रमा नयाँ शाखाको औपचारिक उद्घाटन गर्दै सेवा विस्तारको घोषणा पनि गरेको छ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र वडा नं. ३ का अध्यक्ष अनुप राना लगायतको उपस्थिति रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पंजियार ले आगामी दिनमा पनि ग्राहक केन्द्रित योजना तथा सेवा विस्तारलाई निरन्तरता दिने बताएका छन्।