काठमाडौं ।
शेयर बजारमा दोहोरो अंकको ओरालो यात्रा जारी रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लाग्दा कारोबार भने झिनो सुधारिएर सवा ३ अर्ब माथि पुग्यो । नेप्से १० अंकले घटेर २७ सय ३० मा आएर थामियो ।
जीवन बीमा, व्यापार र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे । टेलिकम सूचिकृत अन्य समूह सबैभन्दा उच्च २ प्रतिशतले ओरालो लाग्दा वित्त समूह १ प्रतिशत बराबरले घट्यो ।
अरु समूह सामान्य दरले ऋणात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ३७ स्टकको ७९ लाख कित्ता शेयर ३ अर्ब २९ करोडमा खरिद बिक्री भयो ।
यसमध्ये १ सय ७४ स्टकको मूल्य घट्दा ८० को बढ्यो । घटेको बजारमा पनि यूनियम हाइड्रोका लगानीकर्ताले ११ प्रतिशत बढी कमाए ।










प्रतिक्रिया दिनुहोस्