Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


वर्षेखेतीका लागि रासायनिक मलको अभाव नहुने कृषिमन्त्री चौधरीकाे दावी


208
Shares

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले वर्षे धान रोपाईसम्मका लागि रासायनिक मलको समस्या नहुने बताउनुभएको छ ।

सिंहदरवारमा शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । वर्षाको रोपाईंसम्मका लागि रासायनिक मलको भण्डारण रहेको बताउनुभयाे । मन्त्री चौधरीले सरकारले माटो बिग्रन नदिनका लागि जैविक तथा प्राङ्गारिक मलको व्यवस्थापनमा जोड दिने नीति लिएको पनि स्पष्ट पार्नुभएकाे छ।

उहाँले किसानलाई अनुदान दिने तथा बीउ विजनको उचित व्यवस्थापनका लागि सरकारले सुक्ष्म अध्ययन गरिरहेको पनि बताउनु भयो । वास्तविक किसानलाई अनुदान सहायता उपलब्ध गराउने गरी सरकारले सो काम गर्नुं परेको मन्त्री चौधरीको भनाइ छ। मन्त्री चौधरीले सरकारले उन्नतस्तरको बीउविजनको आवश्यक व्यवस्था मिलाउने प्रयास पनि गरिरहेको बताउनु भयो ।