काठमाडाैं । नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबारलगायतका घटना सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाई गर्नं नहुने बताएकी छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी उनले सो घटनाको निष्पक्ष छानविन कहिले हुन्छ ? भनि सरकारलाई प्रश्न समेत गरिन्।
नवयुवाहरुलाई गलत ढंगले परिचालन गर्ने सिंहदरवारलगायतका ठाउँहरुलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उहाँले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुपर्ने बताइन् । सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताइ।
उनले भनिन्,‘भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो त , त्यसको जिम्मा कसले लिने हो ? २३ गतेको घटनाको बारेमा केही प्रतिवेदनहरु आए । २४ गते खण्डहरु भएका सिंहदरवार, जलेका सिंहदरवारका कुराहरु राज्यका विरुद्ध जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटङि गरेर मान्छेलाई कसले पठाएको हो ? यसको उत्तर कसले खोज्ने हो ? आज सिंहदरवार जलाउन हुन्छ, यसो गर्दा केही हुन्न भन्ने भाष्य कसले खडा गरिदिएको हो । र नवयुवाहरुलाई यस ढंगले कसले प्रयोग ग¥यो ? यसको जवाफ आज होइन, भोली वा कुनै दिन यही सम्मानित राष्ट्रिय सभाले खोज्ने छ । कार्पेट मुनि धुलो राखेर सब ठिकठाक छ भनेर जाने कुरा मान्य छैन । भदौ २३ को घटना शान्तिपूर्ण थियो भन्ने आधारमा सिंहदरवार जे खण्डहर बन्यो । यो इतिहासमा के भएको थियो । त्यसको निष्पक्ष छानविन कहिले हुन्छ ? ’
सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढन नसकिने पनि बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस्