काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारी सम्बन्धी मुद्दाको तारिख बुझ्नुभएकाे छ।
उहाँले आइतबार अदालत पुगेर कानूनबमोजिम तारिख बुझेर फर्किनुभएकाे हाे । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोपमा उहाँसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।








प्रतिक्रिया दिनुहोस्