Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


राष्ट्रिय लिग फुटबलमा आर्मी क्लबकाे पुलिस क्लबमाथि शानदार जित


455
Shares

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेकाे छ ।

दशरथ रङ्गशालामा साेमबार राति भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलले पराजित गरेकाे हाे । आर्मीका निराजन धामीले २ तथा पेम्बो दोर्जे लामा र किरण सुनारले १/१ गोल गरेका थिए । पुलिसका दशरथ गिरीले गोल गरेका हुन् । यो जितसँगै आर्मी ९ खेलमा २० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पुलिस ९ खेलमा ८ अंकसहित १२औं स्थानमा रहेकाे हाे ।

राष्ट्रिय लिगमा साेमबारै भएकाे खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले पराजित गरेकाे छ। नेपाल एपीएफ क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच भने १–१ गोलको बराबरी भएको छ ।