एजेन्सी । टर्कीको पश्चिमी बालिकेसिर प्रान्तमा टर्कीको वायुसेनाको एक एफ–१६ फाइटर जेट दुर्घटना भएको छ ।
साेही दुर्घटनामा जेटका पाइलटको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको हाे । मन्त्रालयले बुधबार राति ९जीएमटी २१ः५६० बालिकेसिरको ९ औं मुख्य जेट बेस कमान्डबाट उडान भरेको उक्त एफ–१६ सँग रेडियो सम्पर्क तथा स्थानको जानकारी हराएको जनाएकाे छ। तुरुन्तै शुरु गरिएको खोज तथा उद्धार कार्यमा विमान दुर्घटनाग्रस्त भएको पुष्टि भएको र यसको भग्नावशेष फेला परेको छ ।
साेही दुर्घटनाको कारणकाे बारेमा अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको हाे। पाइलटलाई शहीद घोषणा गर्दै मन्त्रालयले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । यो घटना इस्तानबुल–इज्मिर राजमार्ग नजिकै भएको बताइएको छ । जसले गर्दा क्षेत्रमा व्यापक भग्नावशेष छरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्