Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


युएई अफगानिस्तानसँग ५ विकेटले पराजित


273
Shares

काठमाडौं ।
ट्वान्टी-२० विश्वकप २०२६ मा सोमबार यूएईलाई अफगानिस्तानले ५ विकेटले पराजित गरेको छ ।

युएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे । अफगानिस्तानको जितमा अजमतुल्लाह उमरजाइले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रनको नट आउट इनिङ्स खेलेका थिए ।

यस्तै, इब्राहिम जाद्रानले ४१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ्स खेलेका छन् ।

त्यसअघि अफगानिस्तानले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार गरेको थियो । यूएईका लागि सोहेब खानले सबैभन्दा बढी ६८ रन बनाए ।