Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


रुसमाथिको प्रतिबन्ध हटाउनुपर्छ : फिफा अध्यक्ष इन्फान्टिनो


104
Shares

काठमाडाैं ।
विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमाथिको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा चार वर्षको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् ।

सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनमा आक्रमण गरेदेखि नै रुसी क्लबहरू र राष्ट्रिय टोली फिफा र यूईएफए प्रतियोगिताबाट निलम्बनमा परेका छन् । यो प्रतिबन्धले केही पनि उपलब्धि हासिल नगरेको, यसले केवल थप निराशा र घृणा सिर्जना गरेको फिफा अध्यक्ष इन्फान्टिनोको तर्क गरे ।

बेलायतको एक टेलिभिजनमा अन्तवार्ता दिने क्रममा इन्फान्टिनोले कुनै पनि देशलाई उनीहरूको राजनीतिक नेताको कार्यका कारण फुटबल खेल्नबाट प्रतिबन्ध लगाउन नहुने तर्क गरे । इन्फान्टिनोको अन्तवार्तापछि युक्रेनका खेलकुदमन्त्री माटवी बिड्नीले भने फिफा अध्यक्षको टिप्पणी गैरजिम्मेवार र अपरिपक्व भएको प्रतिक्रिया दिएका छन् ।