Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


राफ्ट स्लोलाममा नेपाल राफ्ट एण्ड कायक क्लब प्रथम


0
Shares

काठमाडौं ।

नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसिएशनको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा सोमबार सम्पन्न राष्ट्रिय राफ्टिङ च्याम्पियनसिप २०२६ अन्तर्गत राफ्ट स्लोलाम विधातर्फ नेपाल राफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) प्रथम भएको छ ।

राफ्ट स्लालोम विधाको फाइनलमा बिब नम्बर १०८ को टोलीले १७२.३८ सेकेन्डको उत्कृष्ट समय निकाल्दै ३०० पूर्णांकका साथ पहिलो स्थान हासिल गरेको हो । प्रतियोगितामा १७५.८५ सेकेन्डको समयसहित प्याडल नेपाल ‘बी’ दोस्रो र १८४।७९ सेकेन्डमा दूरी पार गर्दै भोटेकोशी एड्भेन्चर क्लब ‘ए’ तेस्रो हुन सफल भए । दोस्रो र तेस्रो हुने टोलीले क्रमशः २७६ र २५८ अंक प्राप्त गरेका छन् ।

कुल १२ वटा व्यावसायिक टोलीहरूले प्रतिस्पर्धा गरेको यस च्याम्पियनसिपमा राफ्टिङ एड्भेन्चर नेपाल चौथो र नेपाल कायक क्लब पाँचौँ स्थानमा रहे । प्रतियोगिताको सम्पूर्ण विधाको ओभरअल फाइनल मंगलवार हुनेछ ।