रामबाबु यादव–संवाददाता
सिरहा । सिरहामा एक जना किसानमाथि गोली हानेर हत्या गरिएको छ ।
सिरहा नगरपालिका-१ का अन्दाजी ४५ वर्षिय प्रमेनाथ यादवको शुक्रबार दिउँसो गोली हानेर हत्या गरिएको हो । सिरहा नगरपालिका-७ मैनाबत्तिखोला किनारमा खेत जोत्दै गरेका यादवलाई अज्ञात समूहले गोली हानेको थियो । खेत जोत्दै गरेका यादवमाथि अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको भन्ने खबर पाएको वडा अध्यक्ष महेश कुमार यादवले जानकारी दिनुभयो ।
प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । आक्रमणकारीको भने हालसम्म केही पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्