Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


काठमाडाैंबाट नक्कली हतियारसहित दुई जना पक्राउ


351
Shares

काठमाडौं । प्रहरीले नक्कली हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट दुई जनालाई नक्कली हतियारसहित पक्राउ गरेको प्रहरिले जानकारी दिएकाे छ ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो।उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो देखिने दुई वटा डमी हतियार, खुकुरी जस्तो फलामले बनेको वटा हतियार र एउटा मोटरसाइकल बरामद गरेको छ।

सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा बागमती प्रदेश ०२-०१२ प ५८५२ नम्बरको मोटरसाइकल किरणको खुलेको थियो। उनलाई नियन्त्रणमा लिएपछि काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा नक्कली हतियार लुकाएर राखेको खुलेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।